- ब्रह्मदेव यादव, विराटनगर ३७२ पटक हेरिएको
बुधबार, जेठ १६, २०८१ समय : १३:०२:५७ , ५ महिना अगाडि
नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मार्फत भारतबाट नेपाल तर्फ आयात भई रहेको आलु, प्याज र स्याउमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । तर मदिरामा अन्तशुल्क वृद्धि गरेको छ । अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु, प्याज र स्याउमा १३ प्रतिशत भ्याट कर लागू गरेको थियो । तर अहिलेका सरकारका अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लागू गरिएको भ्याट कर खारेज गरी दिएको हो ।
१३ प्रतिशत भ्याट कर लागू भएपछि आलु, प्याज र स्याउको मूल्य बढेको थियो । अब भ्याट कर खारेज भएपछि आलु, प्याज र स्याउको मूल्य घट्ने छ । सरकारले भारतबाट नेपालमा आयात भई रहेको हरियो तरकारीमा कायम रहेको १३ प्रतिशत भ्याट कर बजेट मार्फत खारेज गरिदिएको हो । मदिरामा अन्तशुल्क वृद्धि भएको छ । नेपालमा रहेका मदिरा उद्योगले १५ यूपीदेखि ७० यूपीसम्मको मदिरा उत्पादन गरी रहेको छ ।
१५ यूपी भनेको सबै भन्दा महँगो ब्रान्डेड मदिरा हो । भन्ने ७० यूपी भनेको सबै भन्दा सस्तो मदिरा हो । मदिरा उत्पादनका लागि आवश्यक केमिकलमा अन्तशुल्क वृद्धि गरिएको हो । १५ यूपीको मदिरा उत्पादन गर्ने केमिकलमा प्रतिलिटर १८०२ बाट १८६०, २५ यूपीमा १३४५ बाट १३९०, ३० यूपीमा १२५० बाट १२९०, ४० यूपीमा ६३० बाट ६५०९, ५० यूपीमा ४८५ बाट ४९० र ७० यूपीमा ५० बाट ६० रुपैयाँ अन्तशुल्क रकम वृद्धि गरिएको हो ।
जसको कारण अब मदिराको मूल्य बढ्ने छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ का लागि ६.२ प्रतिशतले बजेट रकम वृद्धि गरेकोले महँगी घट्ने कुनै सम्भावना छैन ।