माहेश्वरी महिला मञ्चले वितरण गर्‍यो ९ जनालाई कृतिम हातखुट्टा

  • ब्रह्मदेव यादव, विराटनगर ७६८  पटक हेरिएको

बुधबार, आषाढ २६, २०८१ समय : १४:१४:२९ , ३ महिना अगाडि

माहेश्वरी महिला मञ्च विराटनगरले बुधबार ९ जना अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम हातखुट्टा वितरण गरेको छ । मञ्चले ४ महिला, ४ पुरुष र १ बालक गरी ९ जनालाई कृतिम हातखुट्टा वितरण गरिएको हो । कृतिम हातखुट्टा वितरणका लागि मञ्चले ४ लाख भन्दा बढि रकम खर्च गरेका छन् । मञ्चका २०२३/०२४ का अध्यक्ष पुनम राठीले विभिन्न समयमा आयोजना गरिएको मेला महोत्सवमा आम्दानी गरेको रकमबाट कृतिम हातखुट्टा निर्माण गरेर वितरण गरेको हो ।

मञ्चको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गरिरहेको संस्था समुदायमा आधारित पुनर्स्थापना केन्द्र विराटनगरले कृतिम हातखुट्टा निर्माण गरिदिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, माहेश्‍वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीले अपाङ्गता भएका व्यक्तिहरूलाई कृतिम हातखुट्टा वितरण गरेका हुन् ।

माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबरा, मञ्चका संस्थापक अध्यक्ष गौमती राठी, मञ्चका सचिव सितल बाहेती, अखिल भारत वर्षीय माहेश्‍वरी महिला सङ्गठनका उपाध्यक्ष गिरिजा सारडा, उद्योगी चम्पालाल राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष उद्योगी रमेश राठी, आनन्द जाजु, आनन्द मारु, अर्चना तापडिया, विवेक राठी, समुदायमा आधारित पुनर्स्थापना केन्द्रका अध्यक्ष कुन्नुलाल चौधरी, प्रबन्धक नविन दाहाल, कृतिम हातखुट्टा वितरण कार्यक्रममा सहभागि थिए ।

मञ्चले असार २३ गते विराटनगर–१४ जतुवा स्थित श्री कृष्ण गौसेवा सदनलाई १ थान फ्रिज प्रदान गरेका थिए । गाईका लागि मेडिसिन र भ्याक्सिन राख्नका लागि फ्रिज प्रदान गरिएको मञ्चका अध्यक्ष पुनम राठीले बताइन । मञ्चका संस्थापक अध्यक्ष गौमती राठीले गौसेवा सदनका सचिव शिवरतन जोशीलाई फ्रिज हस्तान्तरण गरेका थिए ।