- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
सोमबार, भाद्र १०, २०८१ समय : १३:२८:०५ , २ महिना अगाडि
समाजसेवी जगतप्रसाद अज्र्याललाई १ लाख १ हजार राशीको पोखरमल राठी धर्म संस्कृति पुरस्कार २०८१ प्रदान गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिरमा आयोजित धार्मिक सभामा विराटनगर–८ स्थित श्री विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष समाजसेवी अज्र्याललाई पोखरमल राठी धर्म संस्कृति पुरस्कार प्रदान गरिएको हो ।
विराटनगरका प्रतिष्ठित औद्योगिक घराना चम्पालाल राठी सहित राठी परिवारले आफ्ना स्वर्गीय बुवा पोखरमल राठीको सम्झनामा धर्म संस्कृति पुरस्कार स्थापना गरेका छन् । र प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने गरिएको धार्मिक सभा मार्फत पुरस्कार वितरण गर्ने गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विराट टिचिङ अस्पताल एण्ड मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, कोशी प्रदेश सांसद अमृत अर्याल, श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मी, उपाध्यक्ष नन्दकिशोर राठी, सचिव कृष्ण कार्की र पुरस्कार स्थापना कर्ता चम्पालाल राठीले अज्र्याललाई १ लाख १ हजार नगद सहित सम्मानपत्र प्रदान गरेका थिए । राठी परिवारका अग्रज स्व. गंगाविसन राठीका छोरा एवं स्व. पोखरमल राठीका नाति हरिवंश राठी र नरेश राठी पुरस्कार वितरण समारोहमा सहभागि थिए ।