विराट व्यापार संघको शुभकामना आदान–प्रदान कार्यक्रम 

  • चिरफार डटकम, विराटनगर ६५३  पटक हेरिएको

सोमबार, आश्विन १४, २०८१ समय : १९:०८:४७ , २ हप्ता अगाडि

नेपालीहरूको महानचार्ड पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसरमा विराट व्यापार संघले सोमबार विराटनगरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख एसपी तिलक प्रसाईं, सशस्त्र प्रहरीगण टंकीका डिएसपि ओमराज बानियाँ, घरेलु तथा साना उद्योग कार्यालय मोरङका अधिकृत ठाकुरप्रसाद सुवेदी, अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए ।

विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, पूर्वअध्यक्ष यादवराज पोखरेल, रामजीवन अग्रवाल, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल (अग्रवाल), उपाध्यक्ष शरद श्रेष्ठ, मनोहर कार्की र सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), कोषाध्यक्ष सुनिता गुरुङ (सोनु), सहकोषाध्यक्ष अशोक पौदार कार्यक्रममा सहभागि थिए ।

विराट व्यापार संघका अध्यक्ष अंशु बन्जाराले नेपाल भारतको सीमान्त क्षेत्र रानी नाकामा अवैध ओसारपसार रोक्न कडाइ गर्न माग गरेका छन् । संघले ४ महिना समय लगाएर गरेको बजार अनुगमनको प्रतिवेदन कार्यक्रममा सार्वजनिक गरेका छन् । सिमान्त क्षेत्र जोगबनीबाट चोरी तस्करीको सामान लत्ताकपडादेखि खाद्यान्न सामग्री विराटनगर भित्रिरहेकाले त्यसलाई रोक्न राज्य संग माग गरेका छन् ।