लालवानीले दान गरे दुवै आँखा 

  • चिरफार डटकम, विराटनगर ४३८  पटक हेरिएको

मंगलबार, आश्विन १५, २०८१ समय : १४:५६:५८ , २ हप्ता अगाडि

राजनैतिक एवं सामाजिक व्यक्तित्व निर्मल लालवानीले मृत्यु पछि दुवै आँखा दान गरेका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्यीय एवं जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका उपाध्यक्ष विराटनगर निवासी लालवानीको मृत्युपछि परिवारले दुवै आँखा दान गर्ने घोषणा गरेका थिए ।

कांग्रेसका वरिष्ठ नेता एवं महाधिवेशन प्रतिनिधि फुलकुमार लालवानीका भाइ ६१ वर्षिय निर्मल लालवानीको असोज ४ गते शुक्रबार निधन भएको थियो । लालवानीको असोज १५ गते मंगलबार १२औं दिनको शुद्धिकरण कार्यक्रम सकिएको छ । लालवानी परिवारले मंगलबार १२औं दिनको पुण्य तिथिको अवसरमा आयोजना गरेको शुद्धिकरण तथा शान्तिप्रसाद ग्रहण कार्यक्रममा स्व. निर्मल लालवानीका छोरा मोहित लालवानीले आफ्नो बुवाको मृत्युपछि दुवै आँखा दान गरिएको बताए ।

एक जना मानिसले मृत्युपछि दान गरेको आँखाले दुई जना मानिस हेर्न पाउँछन् । एक जना मानिसलाई एक पटकमा एउटा आँखा मात्रै प्रत्यायोजन गर्न सकिन्छ । विराटनगर आँखा अस्पतालको नेत्र विशेषज्ञ टोलीले स्व. लालवानीको दुवै आँखा झिकेका थिए । स्व. निर्मल लालवानीका छोरा मोहित लालवानी अखिल भारतीय तेरापंथी युवक परिषद नेपालको नेत्र दानका संयोजक रहेका छन् ।

अखिल भारतीय तेरापंथ युवक परिषद नेपालले मृत्युपछि दुवै आँखा दान गर्नुपर्ने अभियान नै चलाएका छन् । र उनले आफ्नै बुवा स्व. निर्मल लालवानीको दुवै आँखा दान गरेर अभियानलाई अगाडि बढाएका छन् ।