नेपाल उद्योग परिसंघले गर्‍यो एसपी कोइरालाको बिदाई

  • ... ४०९  पटक हेरिएको

सोमबार, माघ २३, २०७९ समय : १५:५७:३९ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेपाल उद्योग परिसंघ १ नं. प्रादेशिक कार्यालय विराटनगरले मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालालाई विदाई गरेको छ । १० महिना मोरङमा काम गरेका एसपी कोइरालाको काठमाडौंमा सरुवा भएको छ ।

सरकारले स्थानिय तह र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन गराउँदा कोइराला मोरङको एसपी हुनुहुन्थ्यो । एसपी कोइरालाको कार्यकालमा स्थानिय तह र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

परिसंघले विराटनगरमा आयोजना गरेको सीएनआई कोसी एक्स्पोमै आइतबार साँझ एसपी कोइरालालाई विदाई गरेको छ ।

परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष नवलकिशोर काबरा, सुशिल जोशी, देवेन्द्र गुप्ता, दिपक पौडेल, कार्यसमिति सदस्य तथा एक्स्पो संयोजक राजेन्द्र राठी, सहसंयोजक गिरीजा सारडा र परिसंघका महानिर्देशक विजयहरी शर्माले एसपी कोइरालालाई विदाई गरेका थिए ।