सेल्फीका लागि सीएनआई कोसी एक्स्पो मुख्य पर्यटकीय स्थल

  • ... ८६४  पटक हेरिएको

बिहिबार, माघ २६, २०७९ समय : १७:०४:२६ , २ वर्ष अगाडि

  • ब्रह्मदेव यादव, विराटनगर

थारु पोशाक लगाएर सेल्फी (फोटो) खिचाउन सीएनआई कोसी एक्स्पो मुख्य पर्यटकीय स्थल बन्न पुगेको छ । यस अघि जातिय पोशाक लगाएर सेल्फी वा फोटो खिचाउन सर्वसाधारण ईलाम र भारतको दार्जेलिङ सम्म पुग्ने गरेका थिए ।

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ कार्यालय विराटनगरले विराटनगरमै आयोजना गरेको सीएनआई कोसी एक्स्पोमा प्रत्येक दिन ५ हजारभन्दा बढि सर्वसाधारणहरुले सेल्फी जोनमा फोटो खिचाउने गरेका छन् ।

कोसी एक्स्पोको आयोजक परिसंघले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको कोसी एक्स्पोलाई भव्य र एतिहासीक बनाउन मोटो रकम खर्चेर सेल्फी जोन निर्माण गरेको छ ।

आयोजकले नदिमाथि निर्माण गरेको बगैंचा र जातिय सांस्कृतिक पहिचान झल्किनेगरी निर्माण गरेको थारु हाउसमा जातिय पोशाकमा फोटो खिचाउनेहरुको घुईचो लाग्न थालेको छ । बिहान १० बजेदेखि राती १० बजेसम्म एक्स्पोमा थारु पोशाक लगाएर फोटो खिचाउनेको संख्या बाक्लै हुन्छ ।

कोसी एक्स्पो आयोजकले थारु जातिय सांस्कृतिलाई प्रवद्र्धन एवं संरक्षण गर्ने गरी सेल्फी जोनको थारु हाउस अगाडी थारु समूदायले लगाउने गहनाको स्टल समेत राखेको छ । थारु पोशाक र गहना लगाएर फोटो खिचाउने मिहलाको संख्या बाक्लिदो गरेको छ ।

यस बाहेक के अन्सारी हाइटेक नर्सरीमा फोटो र सेल्फी खिचाउनको लागि सर्वसाधारणको भिड लाग्ने गरेको छ । नर्सरीका संचालक सलिम अन्सारीले प्रत्येक दिन कोसी एक्स्पोको सेल्फीजोन फुलबारी बगैंचामा हजारौंले फोटो खिचाउन तछाडमछाड गरिरहेको बताए ।

परिसंघका अध्यक्ष भीम घिमिरेले कोसी एक्स्पोलाई भव्य रुपमा सम्पन्न गर्न १५ लाखभन्दा बढि रकम खर्चेर फुलबारी बगैंचा निर्माण गरेको बताए ।