- ... ४३० पटक हेरिएको
बिहिबार, फाल्गुण ०४, २०७९ समय : १८:३१:५१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
गैर सरकारी संस्था महासंघ नेपाल मोरङले ५० जना सामाजिक अभियानतालाई दिगो विकास लक्ष्य कार्यान्व्यन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा संस्थाले मोरङ जिल्ला भरीका गैर सरकारी संघसंस्थामा आवद्ध सामाजिक अभियानताहरुलाई दुई दिने प्रशिक्षण प्रदान गरिएको हो । संस्थाले बुधबार र बिहीबार गरी दुई दिने प्रशिक्षण संचालन गरेका थिए ।
प्रशिक्षणमा सहभागी सामाजिक अभियानताहरुलाई विराटनगर महानगरपालिकाका अधिकृत राजेन्द्र प्रधान र गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. १ का अध्यक्ष लखन साहले प्रशिक्षण दिएका थिए ।
प्रदेश नं. १ प्रदेश सभाका उपसभामूख श्रृजना दनु्वार गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. १ का अध्यक्ष लखन साह र गैर सरकारी संस्था महासंघ नेपाल मोरङका अध्यक्ष तथा एबिसी नेपालका केन्द्रिय अध्यक्ष विष्णु शर्माले प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।