- ... ७५३ पटक हेरिएको
शनिबार, फाल्गुण १३, २०७९ समय : २१:४५:४१ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
नेपाल यादव सेवा समिति विराटनगर महानगर समितिको अध्यक्षमा विरेन्द्र यादव चयन भएका छन् । नेपाल यादव सेवा समिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको विराटनगर महानगर समितिको प्रथम साधारण सभाले विराटनगर–१४ जतुवा निवासी यादवलाई सर्वसम्मत रुपमा महानगर समितिको अध्यक्ष चयन गरेको हो ।
यादव नेकपा एकिकृत समाजवादी विराटनगर महानगर कमिटिका अध्यक्ष रहेका छन् । साधारण सभाले कृष्णलाल यादवलाई उपाध्यक्ष, राकेशरोशन यादवलाई सचिव, रामचन्द्र यादवलाई कोषाध्यक्ष र अर्जुनप्रसाद यादवलाई सह-सचिव चयन गरेको छ ।
मनोजकुमार यादव, आशिष यादव, सन्तोष यादव, भुमेन्द्र यादव, रामकुमार यादव, नारायणप्रसाद यादव, उमेन्द्र यादव, दिनेशकुमार यादव, राजेश यादव, दिपक यादव, कुनाल यादव, रक्षा यादव, कनक यादव, प्रभा यादव, ममता यादव, अर्चना यादव, सरस्वती यादव र सुमित्रा यादव महानगर समितिका सदस्य रहेका छन् ।
नेपाल यादव सेवा समिति मोरङका अध्यक्ष महेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा डा.योगेन्द्रप्रसाद यादव, पूर्वन्यायधिस शिवनारायण यादव, समितिका मोरङ सल्लाहकार सत्रुघन यादव, रामविलाश यादव, संविधान सभा सदस्य उषा यादव, मिना यादव, प्रदेश नं. १ का पूर्वसांसद बसन्तीदेवी यादव, प्रदेश नं. १ जनस्वास्थ्य प्रयोगशालाका पूर्वनिर्देशक जयबेन्द्र यादव, पूर्व प्रा.डा. महेन्द्रनारायण यादवले अन्य जातिको तुलनामा यादव जाति असंगठित रहेकोले राज्यको हरेक अंगमा बाक्लो संख्यामा सहभागिता जनाउन संगठित भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल यादव सेवा समिति मोरङका १९ जना आजिवन सदस्यलाई प्रशंसा–पत्रले सम्मान गरिएको छ । स्थानिय तह निर्वाचनमा निर्वाचित मोरङ जिल्ला भरीका यादव जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।