आन्तरिक राजश्व कार्यालय विराटनगरको राजश्व असुली ८७.३५ प्रतिशत

  • चिरफार डटकम, विराटनगर ५७  पटक हेरिएको

मंगलबार, भाद्र ०२, २०८३ समय : १८:३४:४२ , ३ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा ८७.३५ प्रतिशतले राजश्व असुली गरेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले आर्थिक वर्ष २०८३/०८४ को साउन महिनामा ९८ करोड १५ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा ८५ करोड ७३ लाख रुपैयाँ राजश्व असुली भएको बताए ।

जुन लक्ष्यको तुलनामा ८७.३५ प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८३/०८४ मा १२ अर्ब ८७ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएको छ ।

कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा १२ अर्ब १५ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा १० अर्ब ३० करोड रुपैयाँ राजश्व असुली गरेका थिए । जुन लक्ष्यको तुलनामा ८५.१५ प्रतिशतले राजश्व असुली भएको थियो ।