- चिरफार डटकम, विराटनगर १५६ पटक हेरिएको
सोमबार, भाद्र ०१, २०८३ समय : १७:०९:५६ , ६ घन्टा अगाडि
नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्ना ज्वाई जीवन आचार्यलाई कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ज्वाई आचार्यको सम्पत्तिबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको बेला उनलाई कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास जस्तो मालदार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ ।
कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार छ । र हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा रहेको छ । मुख्यमन्त्री कार्कीले २०८१ वैशाख १७ गते गठन गरेको मौजुदा मन्त्री परिषद्लाई विस्तार र परिमार्जन गरेर सोमबार नयाँ मन्त्री नियुक्ति सँगै कार्य विभाजन गरेका छन् ।
कोशी प्रदेशमा सोमबार मन्त्री परिषद्को विस्तार हुँदा नेकपाका ५ जना मन्त्रीले सपथ लिएका छन् । ४ जनाले फुल मन्त्री र १ जनाले राज्य मन्त्री पदको सपथ लिएका छन् ।
खिनु लाङ्वा लिम्बु, पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री गोम्बु शेर्पा, आन्तरिक मामिला तथा कानुन मन्त्री, गीता तिम्सिना सामाजिक विकास मन्त्री र सपना दर्जिले भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्य मन्त्रीको सपथ लिएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डका ज्वाई आचार्य प्रदेश सभाको एउटै कार्यकालमा दोस्रो पटक मन्त्री बनेका छन् । यस अघि आचार्य पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पुरा गरिसकेका छन् ।