- चिरफार डटकम, विराटनगर २३३ पटक हेरिएको
बिहिबार, भाद्र ०४, २०८३ समय : १७:३१:५१ , ८ घन्टा अगाडि
नेपाली कांग्रेसको आन्तरिक विवाद सडकसम्म पुगेको छ । कांग्रेसको संस्थापन पक्षले गर्न लागेको १५औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माँग गर्दै संस्थापन इतर पक्ष अदालत जाने निर्णय गरेपछि पार्टीको आन्तरिक विवाद सडकसम्म आइपुगेको हो ।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद पुनः न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा न्यायालयको आदेशको अपहेलना गर्दै कांग्रेको संस्थापन पक्षले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औं महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको विषयलाई लिएर संस्थापन इतर समूहले आपत्ति जनाउँदै अदालतको बाटो रोजेको हो ।
कांग्रेस संस्थापन इतर समूहका नेता डा. शंशाक कोइरालाको काठमाडौँको महाराजगन्जस्थित निवासमा बिहीबार बसेको शिर्षनेताहरुको बैठकले संस्थापन समूहले गर्न लागेको १५औं महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न अदालत जाने निर्णय गरेको हो ।