इस्कोनले विराटनगरमा आयोजना गर्दैछ श्रीकृष्ण जन्माष्टमी समारोह

  • चिरफार डटकम, विराटनगर ९५  पटक हेरिएको

सोमबार, भाद्र १५, २०८३ समय : १३:०६:३१ , ७ घन्टा अगाडि

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) ले भाद्र १९ गते शुक्रवार विराटनगरको जैन भवनमा श्रीकृष्ण जन्माष्टमी समारोह आयोजना गर्न लागेको छ ।

इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीले सोमबार पत्रकार सम्मेलन गरेर श्रीकृष्ण जन्माष्टमी समारोहमा १५ हजार भन्दा बढी भक्तजनहरूले सहभागिता जनाउने र सहभागिता जनाउने सबै भक्तजनहरूलाई प्रसाद खुवाउने कार्यक्रम रहेको जानकारी गराए ।

श्रीकृष्ण जन्माष्टमी समारोह कार्यक्रम आयोजना गर्न २२ लाख रुपैयाँ खर्च हुने भएकोले उद्योगी, व्यवसायीदेखि विराटनगरकावासीको घर–घरमा पुगेर सहयोग रकम संकलन भइरहेको अध्यक्ष जोशीले बताए ।

भाद्र २० गते विराटनगरमा निकालिने ९५औं संस्करणको श्रीराधाकृष्ण रथयात्रामा इस्कोन विराटनगर सहभागी हुने अध्यक्ष जोशीले बताए ।