विश्व हिन्दु परिषद् नेपाल मोरङको उपाध्यक्षमा महेश स्वर्णकार

  • चिरफार डटकम, विराटनगर ८७  पटक हेरिएको

सोमबार, भाद्र १५, २०८३ समय : १८:०१:१४ , २ घन्टा अगाडि

विश्व हिन्दु परिषद् नेपालले युवा व्यवसायी एवं सामाजिक अभियानता महेशकुमार साह (स्वर्णकार) लाई मोरङ जिल्लाको उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।

विश्व हिन्दु परिषद् नेपाल मोरङको जिल्ला अधिवेशनले स्वर्णकारलाई उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो । विराटनगरका युवा व्यवसायी स्वर्णकार सुन–चाँदी व्यवसायी गरिरहेका छन् ।

स्वर्णकार विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा आबद्ध रहेका छन् । उपाध्यक्ष स्वर्णकारले हिन्दु धर्मको संरक्षण तथा संवर्धनका लागि काम गर्ने बताए ।