अन्तरप्रदेश व्यापार विस्तारबारे मोरङ उद्योग व्यापार संघमा छलफल

  • चिरफार डटकम, विराटनगर ८४  पटक हेरिएको

आइतबार, आश्विन १८, २०८३ समय : १५:१०:०६ , १ घन्टा अगाडि

मोेरङ उद्योग व्यापार संघमा आइतबार अन्तरप्रदेश व्यापार विस्तारबारे छलफल भएको छ । मोरङ उद्योग व्यापार संघले आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख प्रा.डा. सुरेन्द्र लाभ सहभागी भएका थिए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले ७५ वर्षको इतिहास बोकेको नेपालको सबैभन्दा जेठो उद्योगी तथा व्यापारी संस्था मोरङ उद्योग व्यापार संघसँग छलफल गरेर मात्रै संघिय सरकारले बजेट निर्माण गर्नेदेखि उद्योगी तथा व्यपारीसँग सम्बन्धीत ऐन कानुन निर्माण र संसोधन गर्ने गरेको बताए ।

मोरङ उद्योग व्यापार संघ उद्योगी तथा व्यापारीहरुको हक, अधिकारको लागि आवाज उठाउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत सेवामुखी काममा अग्रणी स्थानमा रहेको अध्यक्ष साहले बताए ।

२०७२ सालको भुकम्पको बेला संघ कोशी प्रदेशको सोलुखुम्बुदेखि काभ्रेपलाञ्‍चोकसम्म राहत सामग्री वितरण गरेको बताए । दैविक प्रकोपको बेला राहत वितरण गर्नेदेखि लिएर विभिन्न सामाजिक संघ संस्था र स्वास्थ्य क्षेत्रका लागि संघले निरन्तर सहयोग गरिरहेको अध्यक्ष साहले बताए ।

अध्यक्ष साहले कोशी र मधेस प्रदेश बिच व्यापार विस्तार विषयमा जोड दिए । मोरङ उद्योग व्यापार संघ निवर्तमान अध्यक्ष अनुपम राठीले निजी क्षेत्रसँग पर्याप्त पुँजी रहेको तर राज्यसँग लगानी कर्तालाई लोभ्याउने पोलेसी नरहेकोले देशमा ठुला ठुला लगानीको नयाँ उद्योग स्थापना हुन नसकेको बताए ।

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले अन्तरप्रदेश बिच करमा एकरुपता हुनु पर्ने कुरामा जोड दिए । मधेस प्रदेशका प्रदेश प्रमुख प्रा.डा. लाभले रोजगारीका लागि युवा विदेश पलायन भइरहेकोले १० वर्षपछि नेपाल युवा विहिन अवस्थामा पुग्ने बताए ।

मोरङ उद्योग व्यापार संघले उद्योग तथा व्यापार विस्तारबारे उठान गरेको विषयवस्तुलाई राज्य समक्ष पुर्‍याइदिने प्रदेश प्रमुख लाभले बताए ।