प्रतिभा क्लब गोलबजार मिल्स गोल्डकपको सेमिफाइनलमा

  • ब्रह्मदेव यादव, विराटनगर ६१८  पटक हेरिएको

आइतबार, फाल्गुण २८, २०७९ समय : १८:४९:४० , २ वर्ष अगाडि

प्रतिभा क्लब गोलबजार सिरहा मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । कोशी प्रदेशको द सेभेन यूथ क्लब धनकुटालाई इन्जुरी समयमा गोल थप्दै मधेश प्रदेशको प्रतिभा क्लब गोलबजार सिरहा सेमिफाइनलमा प्रवेश गरेको हो ।

द सेभेन यूथ क्लब धनकुटाका विरुद्ध प्रतिभा क्लब गोलबजार सिरहाले १ का विरुद्ध २ गोल गरेका थिए । प्रतिभा क्बल गोलबजारका तर्फबाट सिदाद्ध लामा र विश्वास राईले १÷१ गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराएको हो । खेल सुरु भएको २७ औं मिनेटमा सिद्धार्थ लामाले पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी समयमा विश्वास राईले थप गोल गरेका थिए ।
द सेभेन यूथ क्लब धनकुटाको तर्फबाट खेलको हापटाइम पछि ५० औं मिनेटमा सन्दिप लिम्बुले गोल फर्काएका थिए । प्रतिभा क्लब गोलबजारको तर्फबाट इन्जुरी समयमा गोल थपेका विश्वास राईलाई खेलको म्यानअफ दि म्याच घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष प्रकाश साहले राईलाई म्यानअफ दि म्याचको पुरस्कार प्रदान गरे । विराटनगर–१६ स्थित विराटनगर जुट मिलको खेल मैदानमा तेस्रो सस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता भई रहेको छ । फागुन २७ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिता चैत्र ४ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितामा कोशी र मधेश प्रदेशका ८ टिमको सहभागिता रहेको छ । जसमध्ये ४ टिम सेमिफाइनलमा प्रवेश गर्ने छ । ४ मध्ये २ टिम फाइनमा पुग्ने र चैत्र ४ गते प्रतियोगिताको फाइनल खेल खेलाइने छ । मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिताको विजेता टिमलाई २ लाख ११ हजार र उपविजेता टिमलाई १ लाख ११ हजार नगद सहित ट्रफी प्रदान गरिने छ । सोमबार साइनो स्पोर्टस् क्लब रानी विराटनगर र सहलेश यूवा क्लब सिरहाबिच खेल हुनेछ ।

विराटनगर महानगरपालिकाले मिल्स गोल्डकप फुटबल प्रतियोगितालाई सहयोग र कोशी प्रदेश सरकारले संरक्ष गरेको छ ।