- ब्रह्मदेव यादव, विराटनगर ११८३ पटक हेरिएको
मंगलबार, चैत्र २८, २०७९ समय : १५:४७:११ , २ वर्ष अगाडि
भारतमा संचालन भईरहेको आइपीएल क्रिकेट प्रतियोगितामा जितहारको अग्रिम नतिजा निकाल्न विराटनगरमा प्रत्येक दिन करोडौं रूपैयाँ बराबरको सट्टाबाजी भईरहेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङको सूचना प्रविधि टोली सट्टाबाजीलाई पक्राउ गर्न असफल भएको छ ।
आइपीएलमा कुन टिमले जित्ने र कुन टिमले हार्नेको साथै कुन टिमका कुन खेलाडीले कती ओभरमा कती रन बनाउँने, कुन खेलाडीले कती विकेट लिने र कुन टोलीले एक ओभरमा कती छक्का र चौका हान्ने भन्ने विषयलाई लिएर मोटो रकम बराबरको सट्टाबाजी चलिरहेको छ ।
विराटनगर महानगरपालिकाको वडा नं. ९ स्थित घोघापुल चोक निवासी अथर अन्सारी नेपालको टपर सट्टाबाज हुन् । र उनले भारतमा आइपीएल प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी अनलाईनमा बसेर नेपाल र भारतका ठुला ठुला अर्थात मोटो रकम बराबरको सट्टाबाजी गर्नेहरुको कुरा मिलाएर सट्टाबाजी चलाई रहेको छ ।
केही समय अगाडी जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइराला एसपी र पप्पु नायक प्रहरी निरिक्षक रहेको बेला अथर अंसारीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा अनलाईन मार्फत सट्टाबाजी चलाएको आरोपमा अंसारीको घरमा छापा मार्दा उनी लामो समयसम्म फरार सूचिमा रहेका थिए । र पछि लेनदेनमा कुरा मिलेपछि उनी विराटगनर आइपुगेका थिए । र यतिखेर उनले आइपीएल क्रिकेट प्रतियोगितामा मोटो रकम बराबरको सट्टाबाजी चलाई रहेको छ ।
अथर मात्रै होइन विराटनगरका एकसय भन्दाबढि उद्योगी व्यवासयीले समेत मोटो रकम बराबरको सट्टेबाजी गरिरहेको छ । नेपाल भारतको सिमान्त क्षेत्र रानीदेखि विराटनगरसम्म आँखा अस्पताल संचालन गरिरहेका संचालकहरुले समेत आइपीएल क्रिकेट प्रतियोगितामा सट्टाबाजी चलाई रहेको छ । यसरी सट्टाबाजी चलाएको भरमा उनीहरुले मोटो रकम आर्जन गरेको र ति रकमले आँखा अस्पताल संचालन गरिरहेको तथ्य बाहिरिएको छ ।
विराटनगरमा बसेर धान, चामल, गँहु, मकैको कारोबार गरिरहेका कारोबारीले समेत आइपीएल क्रिकेट प्रतियोगितामा मोटो रकम बराबरको सट्टाबाजी गरिरहेको छ । यस विषयमा मोरङ प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय सूचना प्रविधि टोली र विशेष सूचना संचालनकालागि परिचालन गरिएको सादा पोशाकका घुमुवा प्रहरी तन्त्र असफल भईरहेको छ ।
चैत्र १७ गतेदेखि भारतमा सुरु भएको आइपीएल क्रिकेट प्रतियोगिता बैशाख १५ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा भारतको विभिन्न राज्यको १२ आइपीएल टोलीको सहभागिता रहेको छ ।