स्वर्गीय सुमनदेवी गोयल छात्रवृत्ति कोषबाट २० विद्यार्थीलाई १ लाख ४८ हजारको छात्रवृत्ति वितरण

  • चिरफार डटकम, विराटनगर ७०३  पटक हेरिएको

बिहिबार, चैत्र ३०, २०७९ समय : १३:५९:५४ , ३ वर्ष अगाडि

स्वर्गीय श्रीमती सुमनदेवी गोयल छात्रवृत्ति कोषबाट विराटनगर–७ स्थित श्री सत्यनारायण माध्यमिक विद्यालयका २० जना छात्रछात्रालाई १ लाख ४८ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरिएको छ । १४ लाख राशीको छात्रवृत्ति कोषबाट कक्षा ६ देखि १२ सम्म अध्ययनरत ७ जना छात्रालाई जनही ११ हजारका दरले ७७ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरिएको हो ।

कक्षा ९ देखि १२ सम्म अध्ययनरत ७ जना विद्यार्थीलाई जनही ५ हजार र ६ जना विद्यार्थीलाई जनही ६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ । कोषका संरक्षक समाजसेवी दिनवन्धु गोयल कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्व्य समिति मोरङका प्रमुख टंकप्रसाद गौतम, श्री सत्यनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेल, विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम गुँरागाई, शिक्षक डेककुमार बास्तोला, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए ।

स्वर्गीय श्रीमती सुमनदेवी गोयल छात्रवृत्ति कोषका संरक्षक समाजसेवी दिनबन्धु गोयलले महिलाको नाममा छात्रवृत्ति कोष स्थापना गरिएकोले महिलालाई प्राथमिकतामा राखेर छात्रवृत्ति वितरण गरिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्