कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहमतिकै सरकारको पक्षमा

  • ब्रह्ममदेव यादव, विराटनगर ४६५  पटक हेरिएको

बिहिबार, कार्तिक ३०, २०८० समय : १४:३८:०३ , १ वर्ष अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सबै राजनैतिक दललाई मिलाएर सहमतिकै सरकार बनाउने पक्षमा रहेका छन् । नेकपा एमालेका ३९ जनाको सांसदको समर्थनमा नेपाली कांग्रेसका ८ जना विद्रोही सांसदलाई लिएर कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्की सँग यतिखेर एमाले असन्तुष्ट छ । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागि मन्त्रीलाई एमालेले फिर्ता बोलाई सकेका छन् ।

एमालेले मन्त्रीलाई फिर्ता बोलाए पनि मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा एमालेले ५ जना सांसदलाई मन्त्री बनाउन खोजेका थिए । तर मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदलाई मन्त्री बनाएपछि एमाले मुख्यमन्त्री कार्की सँग चिडिएका छन् । र सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाएका छन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा राप्रपाका ६ जना बाहेक ५ दलका ८६ जना सांसदले मुख्यमन्त्री कार्कीलाई समर्थन गरेका छन् । एमालेले दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री कार्की सँग नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ गरेर ४७ सांसदको समर्थन छ । जुन संख्या स्पष्ट बहुमत हो ।