
- चिरफार डटकम, विराटनगर ७१३ पटक हेरिएको
बिहिबार, चैत्र ०८, २०८० समय : २१:५९:३२ , १ वर्ष अगाडि
सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले विराटनगरका युवा उद्यमी प्रतिक राउतलाई युवा उद्यमी समितिमा मनोनयन गरेको छ । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजले गठन गरेको युवा उद्यमी समितिको बोर्ड मेम्बरमा प्रतिक राउतलाई मनोनयन गरेको हो ।
प्रतिक राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतका छोरा हुन् । प्रतिक राउत शिवम् अर्गनाइजेशन विराटनगरका सञ्चालक हुन् । प्रतिक राउत सिमेन्ट, पेट्रोलियम व्यवसायी लगायत १ दर्जन भन्दा बढि उद्योग सञ्चालन गरी रहेका छन् ।
३ वर्ष भित्र सञ्चालनमा ल्याउने गरी विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा आर.आर. अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी जोडतोडका साथ काम गरी रहेका छन् ।