४० छात्रालाई साइकल

  • ब्रह्मदेव यादव, विराटनगर ५७०  पटक हेरिएको

शुक्रबार, बैशाख ०७, २०८१ समय : १७:५८:४८ , ८ महिना अगाडि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ४० जना विपन्न वर्गका छात्रालाई साइकल वितरण गरेका छन् । रोटरीका संस्थापक कल ह्यारिसको जन्मदिनको अवसर पारेर क्लबले शुक्रबार विराटनगरमा ४० जना छात्रालाई १/१ थान साइकल वितरण गरेको हो ।

साइकल पाउने सुनसरी र मोरङका ग्रामीण क्षेत्रका विपन्न वर्गका छात्राहरू रहेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, रोटरी क्लब अफ विराटनगर डाउन टाउनका अध्यक्ष कुसुम अग्रवाल, कार्यक्रम संयोजक गिरिजा सारडा, सचिव सुगन्धा तोदी सहित क्लबका पदाधिकारी र पूर्व अध्यक्षहरुले विपन्न ऋषिदेव वर्गका छात्रालाई साइकल वितरण गरेका थिए ।

कार्यक्रममा विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानडीपीएस स्कुलका शिक्षिका नमिता सिंहलाई शिक्षा विशेष सम्मानले सम्मानित गरेका थिए ।

आदर्श माध्यमिक विद्यालय विराटनगरका सहायक प्रधानाध्यापक शिक्षक चौहान समावेशी शिक्षा कार्यक्रमका संयोजक हुन् । अपाङ्ग बालबालिकाहरूलाई विद्यालय सम्म ल्याएर शिक्षा आर्जन गराउन चौहानको देनको योगदान गर्दै सम्मान गरिएको कार्यक्रम संयोजक गिरिजा सारडाले बताइन