विराटनगरमा चिनीको हाहाकार, सरकार हेर र पर्खको नीति अविलम्बन गर्दै

  • चिरफार डटकम, विराटनगर ११०  पटक हेरिएको

आइतबार, भाद्र ०७, २०८३ समय : १५:१०:३१ , ३ घन्टा अगाडि

विराटनगरमा चिनीको हाहाकार मच्चिएको छ । यस्तो अवस्थामा सरकार हेर र पर्खको नीति अविलम्बन गरेको छ । सरकारले चिनीको मूल्य प्रतिकेजी १ सय रुपैयाँ तोकेको छ । विराटनगरको बजारमा प्रतिकेजी १ सय २० रुपैयाँका दरले चिनी बिक्री भइरहेको छ ।

विराटनगरमा चिनीको हाहाकार मच्चिएको बेला  कुनै पनि किराना पसलमा सहज तरिकाले चिनी पाइरहेको छैन । एक त बजारमा चिनी नै छैन । उपभोक्ताले किराना पसलमा सबै खाद्यान्न सामग्री खरिद गरेको खण्डमा मात्रै १ देखि २ केजी चिनी पाइन्छ । कतिपय किराना पसलले प्रतिकेजी १ सय ३० रुपैयाँका दरले चिनी बिक्री गरिरहेको छ ।

सरकारले चिनीको मूल्य १ सय रुपैयाँ तोकेको छ । चिनी मिलदेखि चिनीका ठुला कारोबारीहरूले प्रतिकेजी १ सय १६ देखि १ सय २० रुपैयाँका दरले चिनी बिक्री गरिरहेको छ । तर उसले प्रति केजी ९८ रुपैयाँमा चिनी बिक्री गरेको बिल व्यवसायीलाई उपलब्ध गराई रहेको छ ।

किराना व्यवसायीले प्रतिकेजी १ सय २० रुपैयाँमा खरिद गरेको चिनी १ सय २० रुपैयाँमा बिक्री गरिरहेको छ । विराटनगरका ओम दुगड लगायत एक दर्जन भन्दा बढी ठुला कारोबारीको गोदाममा मोटो परिमाणमा चिनीको स्टक छ । तर ठुला कारोबारीले आफू खुसी मोटो रकम असुली गरेर चिनीमा कालोबजारी गरिरहेको छ । तर राज्य यस तर्फ मैन छ ।

नेपालीहरूको महान चार्ड पर्व रक्षाबन्धन, तीज, विजया दशमी, तिहार, छठ पर्व नजिक आइसकेको छ । यस्तो बेलामा बजारमा चिनीको अभाव छ ।

नेपालीहरू चिनी किन्नकै लागि भारतीय बजार जोगबनी पुग्दा त्यहाँ चिनी सँगै प्रकारको खाद्यान्न सामग्री खरिद गरेर फर्किदा नेपाली बजार सुनसान हुने अवस्था आउन सक्छ । विराट व्यापार संघ विराटनगरका उपाध्यक्ष प्रविण अग्रवालले चिनीको सहज आपूर्ति गर्न सरकार सँग जोडदार माग गरेको छ ।

विराटनगरका ठुला ठुला कारोबारीको गोदाममा मोटो परिमाणमा चिनी स्टक रहेको र उनीहरूले चिनीमा कालोबजारी गरिरहेकोले राज्यको ध्यान त्यस तर्फ जान जरुरी रहेको उपाध्यक्ष अग्रवालले बताए । नेपालमा चिनीको उत्पादन न्यून छ ।

भारतीय चिनीको भरमा नेपाली बजार टिकेको छ ।  तर पछिल्लो समय भारतमै चिनीको मूल्य बढेर प्रतिकेजी १ सय रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा चिनीको तस्करी ठप्प छ । यस्तो बेलामा राज्यले चिनीको आयातमा भन्सार राजश्व दर घटाएर तेस्रो मुलुकबाट चिनी आयात गर्न दिनु पर्ने व्यवसायीले माग अघि सारेका छन् ।