- ब्रह्मदेव यादव, विराटनगर ३८१ पटक हेरिएको
मंगलबार, साउन १५, २०८१ समय : १६:४८:१८ , २ महिना अगाडि
विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले मंगलबार अरनिको आवाशिय माध्यमिक विद्यालय विराटनगरलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद अर्जुन नर्सिङ केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले अरनिको आवाशिय माध्यमिक विद्यालयका प्रिन्सिपल राजेश कार्कीलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेको हो । चन्द्रलोक प्रतिष्ठानले मंगलबार रसियन कल्चर सेन्टर, कमलपोखरी, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अरनिको आवाशिय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेको हो ।
चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले २०३३ सालमा स्थापना भएको अरनिको आवाशिय माध्यमिक विद्यालय कोशी प्रदेशको पहिलो र नेपालको ८औं उत्कृष्ट शैक्षिक संस्था बन्न सफलता प्राप्त गरेको र आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका लागि देश भक्त, आदर्शवान र नैतिकवान् शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहेस् भन्ने उद्देश्यका साथ प्रिन्सिपल राजेश कार्कीलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरेको बताए ।