- ब्रह्मदेव यादव, विराटनगर ६२१ पटक हेरिएको
सोमबार, भाद्र १७, २०८१ समय : १६:१३:५६ , २ महिना अगाडि
नेपाल कुशवाहा कल्याण समाजले मोरङ जिल्लामा आफ्नै भवन निर्माण गरेका छन् । समाजले १ करोड २५ लाख रुपैयाँ खर्चेर मोरङको कटहरी गाउँपालिका वडा नं. ४ मा २ तल्ले भवन निर्माण गरेका छन् । दोस्रो तल्ला भवनको छत ढलान गर्न बाँकी छ ।
भवन निर्माणका लागि विनियोजन गरिएको रकम अपुग भएकोले दोस्रो तल्ले भवनको छत ढलान हुन नसकेको नेपाल कुशवाहा कल्याण समाज मोरङका उपाध्यक्ष शत्रुघनप्रसाद सिंहले बताए । नेपाल कुशवाहा कल्याण समाजका व्यक्तिहरूले आफ्नै सामुदायिक भवन अभावका कारण छोरा छोरीको विवाह गर्नेदेखि जातीय कार्यक्रम गर्न विराटनगरसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भएको उपाध्यक्ष सिंहले बताए ।
मोरङ क्षेत्र नं. ४ का संघिय सांसद एवं पूर्व मन्त्री अमनलाल मोदीले सोमबार नेपाल नेपाल कुशवाहा कल्याण समाज मोरङको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष राकेश मेहता, केन्द्रिय महासचिव जयप्रकाश महत्तो, केन्द्रिय सदस्य रेणु सिंह, कोशी प्रदेश सभा सदस्य जयनारायण चौधरी र गीता रानी, समाजका मोरङ जिल्ला अध्यक्ष हरिनारायण महत्तो नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागि थिए ।