
- ब्रह्मदेव यादव, विराटनगर ४५० पटक हेरिएको
शुक्रबार, कार्तिक २३, २०८१ समय : १५:१९:१७ , ३ महिना अगाडि
विराटनगरमा शुक्रबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् । विराटनगर–१० स्थित श्री संसारी माइस्थान संरक्षण समितिले सप्ताहव्यापी ज्ञान भागवत महायज्ञको आयोजना गरेका छन् ।
श्री संसारी माइस्थान परिसर भित्र श्रीमद्भागवत महायज्ञ भइरहेका छन् । कात्तिक २३ गते शुक्रबारदेखि सुरु भएको श्रीमद्भागवत महायज्ञ २९ गते बिहीबार सम्पन्न हुनेछ । ७ दिनसम्म राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् ।
शुक्रबार श्रीमद्भागवत महायज्ञको कथा वाचन सुरु हुनु अघि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अगुवाइमा कलश यात्रा निकालिएको थियो । जुन कलश यात्रामा कथावाचिका राधिका दासी सहभागि भइन । नेपाली कांग्रेसका नेता एवं संघिय सांसद डा. शेखर कोइरालाले श्रीमद्भागवत महायज्ञको उद्घाटन गरेका थिए ।
श्री संसारी माइस्थान संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर मास्के र श्रीमद्भागवत महायज्ञ मुल आयोजक समितिका संयोजक हरिभक्त सिटौला सहित आयोजक समितिका पदाधिकारी र सदस्यहरू श्रीमद्भागवत महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ काम गरिरहेका छन् ।