विराट एक्स्पोको प्रचार–प्रसार गर्न कार र्‍याली

  • ब्रह्मदेव यादव, विराटनगर ३६९  पटक हेरिएको

बिहिबार, माघ १०, २०८१ समय : १५:४४:३५ , ३ हप्ता अगाडि

उद्योग संगठन मोरङले विराट एक्स्पो २०२५ को प्रचार–प्रसार गर्न बिहीबार कार र्‍याली निकालेका छन् । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको छ ।

संगठनले बिहीबार विराट एक्स्पोको स्थलबाट निकालेको कार र्‍याली विराटनगर, दहवी, इटहरी हुँदै धरानसम्म पुगेर पुनः विराटनगर फर्केर समापन भएको थियो ।

दिनको १ बजे विराटनगरबाट निस्केको कार र्‍यालीको टोली दिनभर मोरङ र सुनसरीको विभिन्न स्थानमा पुगेर विराट एक्स्पोको प्रचार–प्रसार गरेका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उपाध्यक्ष एवं एक्स्पो संयोजक भोलेश्वर दुलाल र कोषाध्यक्ष सुबोध कोइरालाले कार र्‍यालीको शुभारम्भ गरेका थिए । कार र्‍यालीमा ५० भन्दा बढी उद्योगी एवं व्यापारिक प्रतिष्ठानको कारका चालकले सहभागी जनाएका थिए ।