- चिरफार डटकम, विराटनगर ८० पटक हेरिएको
सोमबार, आषाढ ०१, २०८३ समय : १६:३०:५४ , ४ घन्टा अगाडि
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइरालाले अदालतले पार्टी फुटाइ दिएको कार्यकर्तालाई जानकारी गराएको छ ।
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आइतबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय वृहत् एकता भेलालाई सम्बोधन गर्दै पूर्व महामन्त्री डा. सशांक कोइरालाले अदालतले कांग्रेस विभाजन गराइ दिएको बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । उनकै अगाडी पूर्व महामन्त्री डा. सशांक कोइरालाले कांग्रेस विभाजनमा अदालतको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री दोय गगन थापा र विश्वप्रका शर्मा समूहले विद्रोह गरेर नेपाली कांग्रेसको १५औं विशेष महाधिवेशन काठमाडौंमा आयोजना गरेका थिए ।
१५औं विशेष महाधिवेशनबाट गगन थापा अध्यक्षमा निर्वाचित भएका थिए । १५औं विशेष महाधिवेशनलाई अदालतले मान्यता दिएपछि कांग्रेसको संस्थापन इतर समूह अदालतसँग रुष्ट छ ।