नेपालको पहिलो लायन्स क्लबद्वारा ७ दिने सेवा सप्ताह कार्यक्रम

  • चिरफार डटकम, विराटनगर १५१  पटक हेरिएको

बुधबार, साउन २०, २०८३ समय : १७:५४:१३ , १ घन्टा अगाडि

नेपालको पहिलो लायन्स क्लब अफ विराटनगरले बिहीबारदेखि विराटनगरमा ७ दिने सेवा सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

लायन्स क्लब अफ विराटनगरले बुधवार पत्रकार सम्मेलन गरेर क्लबको ५५ औँ स्थापना दिवसको अवसर पारेर ७ दिने सेवा सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए ।

लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँदबाबु इराकी, क्लबका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गर्भनर फुलकुमार लालवानी, क्लबका पूर्व अध्यक्ष एवं ७ दिने सेवा सप्ताह कार्यक्रमका प्रमुख सल्लाहकार घनश्याम काबरा, क्लबका पूर्व अध्यक्ष मनिष भट्टराई, राम अवतार अग्रवाल पत्रकार सम्मेलनमा सहभागी थिए ।

क्लबले बिहीबार विराटनगरमा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यतामा “लागु पदार्थ दुर्व्यसन विरुद्ध सचेतना र्‍याली” निकाल्ने तयारी गरेको छ ।

विराटनगर–२ स्थित लायन्स क्लब अफ विराटनगरको भवनबाट बिहीबार बिहान ७ बजे निकाल्ने र्‍याली नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि ९ बजे जैन भवनमा समापन हुने कार्यक्रम रहेको क्लबका अध्यक्ष चाँदबाबु इराकीले जानकारी गराए ।