बुधवार विराटनगरमा विराट भिक्षु भक्ति सन्ध्या कार्यक्रम

  • चिरफार डटकम, विराटनगर १०३  पटक हेरिएको

सोमबार, भाद्र ०८, २०८३ समय : १६:४०:३६ , ३ घन्टा अगाडि

यही भाद्र १० गते बुधवार विराटनगरमा विराट भिक्षु भक्ति सन्ध्या कार्यक्रम हुन लागेको छ ।

तेरापंथ युवक परिषद् विराटनगरले जैन भवनमा आयोजना गर्न लागेको विराट भिक्षु भक्ति सन्ध्या कार्यक्रममा अखिल भारतीय तेरापंथ युवक परिषद्का राष्ट्रिय अध्यक्ष पवन मांण्डीत र राष्ट्रिय उपाध्यक्ष अभिनन्दन नाहटाले सहभागिता जनाउने छन् ।

तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त दुगडले पूर्व अध्यक्ष मोहित लालवानीलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिएर विराट भिक्षु भक्ति सन्ध्या कार्यक्रम आयोजना गर्न लागेको छ ।

जुन कार्यक्रममा सम्पूर्ण तेरापंथ समाजको सहभागिताका साथै मारवाडी समाजका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने छ ।

कार्यक्रममा सुमधुर गायक कमल सेठीयाको प्रस्तुती रहने छ ।