- चिरफार डटकम, विराटनगर ९६ पटक हेरिएको
सोमबार, भाद्र ०८, २०८३ समय : १६:४१:५७ , ३ घन्टा अगाडि
विराट व्यापार संघले असोज २२ देखि ३० गतेसम्म विराटनगरको जैन भवनमा चार्ड पर्व उत्सव २०८३ को आयोजना गर्न लागेको छ ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले नेपालीहरूको महान चार्ड पर्व विजया दशमी, तिहार र छठ पर्वको आवश्यक सामग्री किनमेल गर्नका लागि चार्ड पर्व उत्सवको आयोजना गर्न लागेको बताए ।
चार्ड पर्व उत्सवलाई विराट व्यापार मेला २०८३ नाम दिएको संघका उपाध्यक्ष प्रविण अग्रवालले बताए ।
५० लाख भन्दा बढी रकम खर्च गरेर विराट व्यापार संघले आयोजना गर्न लागेको विराट व्यापार मेलामा १ सय भन्दा बढी उद्योगी तथा व्यवसायी प्रतिष्ठानको स्टल रहने छ ।
नेपालीहरूको महान चार्ड पर्व विजया दशमीको मुखमा आवश्यक सामग्री किनमेल गर्नका लागि भारती बजार जोगबनी जाने उपभोक्तालाई रोक्न र स्वदेशमै उत्पादन भएको उत्पादन सामग्री छुट दर रेटमा उपलब्ध गराउन विराट व्यापार मेला २०८३ को आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्यामलाल पौडेल (भवेष) ले बताए ।