विराटनगरमा खुल्यो आनन्दी सिल्भरको दोस्रो सोरुम

  • चिरफार डटकम, विराटनगर १७३  पटक हेरिएको

सोमबार, भाद्र ०८, २०८३ समय : १८:५१:०३ , ४ घन्टा अगाडि

विराटनगरको मेन रोडमा चाँदी गहनाको स्पेशल सोरुम खुलेको छ । आनन्दी ज्वेलरी ब्राण्डले बुधवारदेखि विराटनगरको मेन रोडमा आनन्दी सिल्भर प्रा.लि. को दोस्रो सोरुम सञ्चालनमा ल्याइएको छ ।

एक साता अघि काठमाडौँको वसन्तपुरस्थित न्यूरोडमा आनन्दी ज्वेलरीले पहिलो सोरुम सञ्चालनमा ल्याएको थियो । त्यसको ठिक एक साता पछि विराटनगरको मेनरोड स्थित जलजला चौकको उत्तर तर्फ श्री महालक्ष्मी ज्वेलरीको नजिक दोस्रो सोरुम सञ्चालनमा ल्याएका छन् ।

तेस्रो साता भाद्र १५ गते इटहरीस्थित सेन्ट्रल प्लाजाको भुई तल्लामा तेस्रो सोरुम सञ्चालनमा ल्याउन लागेको सञ्चालक नितिन शारदाले जानकारी गराए ।

सन् २०१५ देखि अनलाइन मार्फत चाँदीको आकर्षक गहना बिक्री गर्दै आइरहेको आनन्दी ज्वेलरी ब्राण्डले एक साथ काठमाडौँ र विराटनगरबाट गहनाको बिक्री सुरु गरेका छन् । र इटहरीबाट गहनाको बिक्री गर्ने तयारी थालेका छन् ।

सञ्चालक शारदाले ९ सय २५ स्टेरलिंक ज्वेलरी अन्तर्गत सबै प्रकारको नेपालमा बनेको गहना सोरुमबाट बिक्री भइरहेको बताए । सोरुमबाट रिङ, रिङ नेक्लेस, कानको टप, कानको बुर्च, पायल, ब्रासलेट लगायतका गहना सोरुमबाट बिक्री भइरहेको शारदाले बताए ।

सबै प्रकारको गहनामा रोडियम प्लेटिङ गरेको छ । जसको कारण लामो समयसम्म गहनामा चमक रहन्छ । गहना खरिद कर्ता ग्राहकलाई १ वर्षसम्मको ग्यारेन्टीको व्यवस्था गरिएको छ ।

सोरुम सञ्चालनमा ल्याएको अवसर पारेर ग्राहकलाई सबै प्रकारको गहनामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । ग्राहकका लागि रिफरल कार्डको व्यवस्था गरिएको छ ।

एउटा ग्राहकको रिफरल कार्ड बोकेर आउने अर्को ग्राहकलाई समेत सामान खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक शारदाले बताए ।