- चिरफार डटकम, विराटनगर १५५ पटक हेरिएको
मंगलबार, भाद्र ०९, २०८३ समय : १४:३२:४३ , ३ घन्टा अगाडि
१४ दिनपछि मङ्गलवारदेखि विराटनगरका आँखा अस्पताल सञ्चालनमा आएको छ ।
१४ दिनको अवधिमा विराटनगरको आँखा अस्पतालले मोटो रकम गुमाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सङ्घीय सरकारको स्वास्थ्य निर्देशिका मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै साउन २७ गते विराटनगरका ७ वटा आँखा अस्पतालमा तालाबन्दी गरेका थिए ।
विराटनगरमा आँखा अस्पताल सञ्चालन गरिरहेका सञ्चालकहरूले अधिकार क्षेत्र बाहिर गएर मोरङ प्रशासनले आँखा अस्पतालमा ताल्चा बन्दी गरेको आरोप लगाउँदै निरन्तर सङ्घर्षरत रहेका थिए ।
कोशी प्रदेश सभामा सोमबार सासंदहरुले अधिकार क्षेत्र बाहिर गएर मोरङ प्रशासनले विराटनगरका आँखा अस्पतालमा तालाबन्दी गरेको विषय उठान गरेका थिए ।
प्रदेश सभामा आँखा अस्पतालको विषय उठान भएपछि मोरङ प्रशासनले गरेको गल्ती सच्याउँदै तालाबन्दी गरिएको आँखा अस्पतालको ताल्चा खोली दिएको हो ।
मोरङका प्रहरी प्रशासनको टोली मङ्गलवार आँखा अस्पतालमा पुगेर आफैले लगाएको ताल्चा खोलेका थिए । विराट रानी आँखा अस्पतालका सञ्चालक तथा प्रबन्ध निर्देशक फिरोज चौधरीले मोरङ प्रशासनले अधिकार क्षेत्र बाहिर गएर गरेको गल्ती सच्याएको बताए ।