करदाता शिक्षा कार्यक्रम

  • चिरफार डटकम, विराटनगर २६९  पटक हेरिएको

बुधबार, भाद्र १०, २०८३ समय : १७:२०:५२ , ३ घन्टा अगाडि

विराट व्यापार संघले बुधवार विराटनगरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरसँग सहजीकरण गरेर विराट व्यापार संघले आयोजना गरेको करदाता शिक्षा कार्यक्रममा २ सय जना भन्दा बढी करदाताहरूको सहभागिता रहेको थियो ।

विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल (अग्रवाल) ले करदातालाई स्वागत गर्दै आन्तरिक राजश्व कार्यालयका कर्मचारी र करदाता बिच कायम रहेको डर तथा त्रास अन्तका लागि करदाता शिक्षा कार्यक्रम आयोजना गरेको बताए ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत योगेश भट्टराईले आर्थिक ऐनले प्रदान गरेको कर छुट तथा सुविधा करदाता प्रोत्साहन पुरस्कार साथै क्यूआर भुक्तानी बारे करदातालाई जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर ऐनमा उल्लेख गरिएको प्रावधान र कर स्कीमका बारेमा करदातालाई जानकारी गराएका थिए ।

विराट व्यापार संघका उपाध्यक्ष किरण ढुंगेलले सञ्चालन गरेको करदाता शिक्षा कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले करदाता शिक्षा कार्यक्रमबाट व्यवसायीक उत्साहित भएको बताए ।

कार्यक्रममा विराट व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य अंशु बंजरा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य सुभाष आचार्य सहित उद्योगी व्यवसायी करदाता शिक्षा कार्यक्रममा सहभागी थिए ।