- चिरफार डटकम, विराटनगर ११५ पटक हेरिएको
सोमबार, भाद्र १५, २०८३ समय : १८:०४:५५ , ३ घन्टा अगाडि
विराटनगरका उद्योगी महेश जाजु र प्रकाश मुन्दडा सञ्चालक रहेको हिमगिरी हाइजिन उद्योगले रसुवा जिल्लाको बाढीपीडित परिवारलाई ७० लाख रुपैयाँ बराबरको सरसफाईको सामग्री सहयोग गर्ने घोषणा गरेका छन् ।
उद्योगी महेश जाजुको जाजु ग्रुप र उद्योगी प्रकाश मुन्दडाको देवेनारा ग्रुपद्वारा साझेदारमा सञ्चालित हिमगिरी हाइजिन उद्योगले रसुवाको बाढीपीडित परिवारप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत ७० लाख रुपैयाँ बराबरको सरसफाई सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।
हिमगिरी हाइजिन उद्योगले रसुवाको बाढीपीडित क्षेत्रमा ठुलो धनजनको क्षति भएकोले संक्रमण रोग फैलिन सक्ने भएकोले त्यसलाई तत्कालै रोकथामका लागि साबुन, लुगा धुने सर्फ सहित सरसफाईका लागि आवश्यक हाइजिङ सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।