- चिरफार डटकम, विराटनगर ३०५ पटक हेरिएको
सोमबार, आश्विन १९, २०८३ समय : १८:३६:२० , १ दिन अगाडि
नेपाल उद्योग वाणिज्य महासंघले व्यापार समितिको आमन्त्रित सदस्यमा पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसाय संघ विराटनगरका अध्यक्ष शत्रुघन यादवलाई मनोनयन गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य नविन रिजालको सभापतित्वमा गठित व्यापार समितिको आमन्त्रित सदस्यमा यादवलाई मनोनयन गरेको हो ।
सोमबार यादवले पदस्थापन गर्दै व्यापार समितिको पहिलो बैठकमा सहभागिता जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, व्यापार सहजीकरण, व्यापार क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि पहल गर्न व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने एवं व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुझाव तयार गर्न व्यापार समितिको गठन गरेको हो ।