- चिरफार डटकम, विराटनगर ११९ पटक हेरिएको
बुधबार, आश्विन १४, २०८३ समय : १६:२०:३६ , १ घन्टा अगाडि
मोरङ उद्योग व्यापार संघले बुधवार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठलाई स्वागत र सम्मान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भइसकेपछि अन्जन श्रेष्ठ पहिलो पटक विराटनगर आएको बेला मोरङ उद्योग व्यापार संघले उनलाई एक समारोहको बिच स्वागत र सम्मान गरेको हो ।
मोरङ उद्योग व्यापार संघमा अनिल साह अध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष साह र उनको टिमले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई स्वागत र सम्मान गरेको हो ।
मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनिल साह, संघका निवर्तमान अध्यक्ष अनुपम राठी, संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठलाई स्वागत र सम्मान गरेको हो ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साहले कोशी प्रदेशका उद्योगी व्यवसायी समस्या ग्रस्त अवस्थाबाट गुज्रिरहेकोले राज्य संग छलफल र संवाद गरेर निजी क्षेत्रले भोगिरहेकोले समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष श्रेष्ठलाई आग्रह गरेका थिए ।