- चिरफार डटकम, विराटनगर १३२ पटक हेरिएको
शुक्रबार, आश्विन १६, २०८३ समय : १४:११:०७ , ६ घन्टा अगाडि
विराटनगरमा शनिवारदेखि दुई दिने फोटो एण्ड भिडियो एक्स्पो प्रदर्शनी हुन लागेको छ । आइतबार प्रदर्शनीको समापन हुने छ । फोटो ग्राफर संघ मोरङले प्रदर्शनीको आयोजना गर्न लागेको छ ।
विराटनगर बस पार्कको उत्तर तर्फ रहेको आर.के. पार्टी प्यालेस प्रदर्शनी स्थल रहेछ ।
फोटो ग्राफर संघ मोरङका अध्यक्ष पुरन राईले फोटो तथा भिडियो क्षेत्रमा प्रयोग भइरहेको आधुनिक प्रविधि, उपकरण र सेवाहरूको बारेमा सहभागीहरूलाई जानकारी गराउने उद्देश्यका साथ एक्स्पोको आयोजना गरिएको बताए । नयाँ प्रविधि तथा क्यामरा, लेन्स, लाइटिङ भिडियोको उपकरणको बारेमा जानकारी गराउने एक्स्पोको मुख्य उद्देश्य रहेको अध्यक्ष राईले बताए ।
फोटो एण्ड भिडियो एक्स्पोका संयोजक एकराज श्रेष्ठले एक्स्पो सम्पन्न गर्न १५ देखि १६ लाख रुपैयाँ खर्च हुने बताए ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले शनिबार एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म एक्स्पो सञ्चालनमा रहने छ । एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।