कांग्रेस केन्द्रीय सदस्यमा रक्षा यादवको उम्मेदवारी

  • चिरफार डटकम, विराटनगर १४५  पटक हेरिएको

मंगलबार, आश्विन २०, २०८३ समय : १८:१४:५७ , ८ घन्टा अगाडि

नेपाली कांग्रेसको काठमाडौँमा भइरहेको १५औं महाधिवेशनमा विराटनगरका जेन्जी पुस्ताका रक्षा यादवले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

विराटनगरको नोबेल मेडिकल कलेजमा डाक्टर उपाधिका लागि चौथो वर्षमा अध्ययनरत रक्षा यादव जेन्जी पुस्ता माझ लोकप्रिय रहेका छन् ।

रक्षा यादव मोरङ क्षेत्र नं. ६ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका थिए ।