- चिरफार डटकम, विराटनगर १६६ पटक हेरिएको
मंगलबार, आश्विन २०, २०८३ समय : १८:१६:४६ , ७ घन्टा अगाडि
नेपालीहरूको महान चार्ड पर्व विजया दशमीलाई लक्षित गरेर यही असोज २२ गते बिहीबारदेखि विराटनगरको जैन भवनमा विराट ट्रेड फेयर सुरु हुँदैछ ।
विराट व्यापार संघ विराटनगरले आयोजना गरेको विराट ट्रेड फेयर असोज ३० गतेसम्म सञ्चालनमा रहने छ । विराट व्यापार संघले मङ्गलवार विराट ट्रेड फेयर स्थल जैन भवनमा पत्रकार सम्मेलन गरेर विराट ट्रेड फेयर आयोजना गर्न ७५ लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।

विराट ट्रेड फेयरबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यका साथ अगाडी बढेको विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी गराए ।
अध्यक्ष जिन्दलले विराट ट्रेड फेयरमा १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने बताए । अध्यक्ष जिन्दलले विराट ट्रेड फेयरको कारण विराटनगरको व्यापार बढ्ने बताए ।
विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं विराट ट्रेड फेयरका संयोजक श्यामलाल पौडेल (भवेष) ले १ लाख भन्दा बढी सर्वसाधारणले विराट ट्रेड फेयरको अवलोकन गर्ने बताए ।
विराट ट्रेड फेयरमा उद्योगी तथा व्यापारी प्रतिष्ठानको १ सय ३० वटा स्टल रहेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराट ट्रेड फेयरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।