बजेट निर्माणबारे कांग्रेस महामन्त्री थापालाई नेपाल उद्योग परिसंघ कोशीको सुझाव

  • ब्रह्मदेव यादव, विराटनगर २९८  पटक हेरिएको

सोमबार, बैशाख १५, २०८२ समय : १६:३८:२५ , २ दिन अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले औद्योगिक समस्याको पहिचान र समाधान हुने गरी बजेट निर्माण गर्न सत्ताघटक कांग्रेस महामन्त्री गगन थापालाई सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य उद्योगी पवनकुमार सारडाले सोमबार काठमाडौँमा संघिय सरकारका साझेदार कांग्रेस महामन्त्री गगन थापालाई उद्योगी समस्या समाधान गर्ने गरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।

नेपाल उद्योग परिसंघ कोशीले आर्थिक वर्ष २०८२/०८३ मा निर्माण कार्य पुरा हुने गरी प्रदर्शनी स्थल निर्माणको लागि बजेट विनियोजन गर्न सुझाव दिएका छन् । परिसंघले सुनसरीको अमडुवामा रहेको करिब ६ सय विगाहा जमिनलाई कोशी प्रदेश सरकार मातहत ल्याएर औद्योगिक करिडोर निर्माण गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

विराटनगर विमानस्थललाई सार्क स्तरीय विमानस्थल बनाउने गरी बजेट विनियोजन गर्न परिसंघले कांग्रेस महामन्त्री थापालाई सुझाव दिएका छन् । नेपाल भारतको सीमान्त क्षेत्रबाट नेपाल तर्फ अवैध रूपमा भइरहेको चोरी तस्करी रोक्न भन्सार कर न्यून राख्न परिसंघले सुझाव दिएको छ ।