- चिरफार डटकम, विराटनगर ८५ पटक हेरिएको
आइतबार, साउन १०, २०८३ समय : १७:०३:१२ , १ घन्टा अगाडि
अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि. विराटनगरले सामाजिक उत्तरदायित्व अन्तर्गत एक अपाङ्गता भएकी महिलालाई उपचार खर्च बापत ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक युवा उद्यमी श्याम राठीले अपाङ्गता भएका महिला अनुजा शर्मा कामतलाई उपचार खर्च बापत ६० हजार रुपैयाँ सहयोग गरेको हो ।
अपाङ्गता भएकी महिलाका छोरी कोशिस कामतले आमाको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेपछि अन्नपूर्णा राठी केवल कम्पनीले ६० हजार सहयोग गरेको हो ।
अन्नपूर्णा राठी केवल कम्पनीले यस अघि ती महिलालाई व्हील चियर र बैसाखी सहयोग गरेका थिए । अन्नपूर्णा राठी केवल कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि विराटनगर–७ स्थित श्री सत्यनारायण मन्दिरलाई एसी सहित ६ लाख रुपैयाँको सामग्री सहयोग गरेका थिए ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट ध्वस्त र क्षति ग्रस्त संरचना निर्माणका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई मोटो रकम बराबरको केवल सामग्री सहयोग गरेका थिए ।
कम्पनीका प्रबन्ध निर्देशक श्याम राठीले मोरङका पूर्व प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई टेबल सामग्री हस्तान्तरण गरेका थिए ।