- चिरफार डटकम, विराटनगर २९० पटक हेरिएको
आइतबार, साउन ०३, २०८३ समय : १८:१६:२८ , २ दिन अगाडि
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले विराटनगरका डन अभिषेक गिरी र उनको समूहसँग अवैध असुली बारे अनुसन्धान सुरु गरेको छ । सीआइबीले गिरीलाई विराटनगरबाट नियन्त्रणमा लिएर काठमाडौं पुर्याएका थिए ।
मोरङ प्रहरीले गिरी र उनको समूहले अवैध रुपमा असुली गरेको रकम बारे पिडित सँग उजुरी माँग गरेको थियो । मोरङ प्रहरीले गिरी र उनको समूहले अवैध रुपमा असुली गरेको रकम बारे संकलन गरिएको सूचना सीआइबीलाई जानकारी गराएको छ ।
सीआइबीले गिरी र उनको समूहले असुली गरेको रकम र उनीहरुको अवैध सम्पत्तीबारे अनुसन्धान गरिरहेको सीआइबी निकट समाचार सुत्रले जानकारी गराएको छ ।
गिरी सँग जग्गा कारोबारमा संलग्न जग्गा कारोबारीलाई समेत अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान भइरहेको समाचार सुत्रले जानकारी गराएको छ ।