नन्दकिशोर राठी उद्योग संगठन मोरङको अध्यक्षमा निर्वाचित

  • चिरफार डटकम, विराटनगर ३६१  पटक हेरिएको

शनिबार, जेठ ३१, २०८२ समय : १७:३६:२० , १ दिन अगाडि

नन्दकिशोर राठी उद्योग संगठन मोरङको अध्यक्ष पदमा निर्वाचित भएका छन् । संगठनको ५२औं वार्षिक साधारण सभाले राठीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो । राठी यस अघि संगठनमा वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
भोलेश्व दुलाल वरिष्ठ उपाध्यक्ष, सुरेन्द्र गोल्छा प्रथम उपाध्यक्ष, विपिन काबरा द्वितीय उपाध्यक्ष, सुबोध कोइराला तृतिय उपाध्यक्ष र पारस लुनियाँ कोषाध्यक्षमा निर्वाचित भएका छन् । दिपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, श्रृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभ सारडा र विरेन्द्र राठी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले शनिबार कार्यसमितिको पहिलो बैठकबाट प्रतिक राउत, पारस गोल्छा र किरण व्यसलाई कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । कार्यसमितिको सदस्यमा मनोनित प्रतिक राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका जेठा छोरा हुन् ।
अर्का सदस्य पारस गोल्छा संगठनका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाका छोरा हुन् । अर्का सदस्य महिला उद्यमी किरण व्यास किरण पाउरोटी उद्योगका संचालिका हुन् । संगठनमा पहिलो पटक प्रतिक राउत, पारस गोल्छा, किरण व्यास र उकेश अग्रवालको प्रवेश भएको छ । संगठनका निवर्तमान उपाध्यक्ष राजकुमार गोल्छा, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली र राजन खत्रीको बिदाई भएको छ ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, पूर्व अध्यक्ष सुयश प्याकुरेल, दिनेश गोल्छा, मुकेश उपाध्याय, शिवशंकर अग्रवाल र नन्दकिशोर राठीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई स्वागत गरेका थिए ।