
- चिरफार डटकम, विराटनगर ४४८ पटक हेरिएको
बिहिबार, आषाढ ०५, २०८२ समय : १४:१७:०६ , ९ घन्टा अगाडि
राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका एसपी फेरिएका छन् । १६ महिनादेखि राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका एसपी रहेका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईँको मधेश प्रदेशको धनुषामा सरुवा भएको छ ।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजन शर्मा सापकोटालाई मोरङ पठाइएको छ । राष्ट्रिय अनुसन्धानका एसपी तिलक शर्मा प्रसाईँले मोरङ छोडिसकेका छन् भने नयाँ एसपी राजन शर्मा सापकोटा मोरङ आउने तयारीमा छन् ।
राष्ट्रिय अनुसन्धान विभागले एक साता अगाडी उपअनुसन्धान निर्देशक अर्थात् एसपीको सरुवा गरेको थियो ।