
- चिरफार डटकम, विराटनगर ३८७ पटक हेरिएको
बिहिबार, आषाढ ०५, २०८२ समय : १८:१९:५४ , ९ घन्टा अगाडि
बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौँको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा शाखा विस्तार गरेको छ ।
युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले बिहीबार ‘बिरयानी अड्डा’ को उद्घाटन गरेका छन् ।
उनले ‘बिरयानी अड्डा’ को उद्घाटन गर्दै व्यावसायिक सफलताको शुभकामना दिँदै विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्न पाउने बताए ।
काठमाडौँमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानी लगायत विभिन्न खानका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ । त्यसरी नै विराटनगरमा पनि खानको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने विश्वास रहेको राउतले बताए ।
बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैटौँ आउटलेटका रूपमा विराटनगरमा सुरुवात गरेको बताए । काठमाडौँमा २०७६ सालदेखि सेवा सुरुवात गरेको बताउँदै, पाण्डेले भने, ‘अहिले हामी छैटौँ वर्षमा दौडिइरहँदा छैटौँ आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा खोलेका छौं । काठमाडौँ, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट रहेका छन् ।’
उपत्यकामा बिरयानीको स्वाद लिनु भएका हाम्रा ग्राहकहरूले उपत्यका बाहिर ‘बिरयानी अड्डा’ को डिमान गरेपछि विराटनगरमा स्वाद पस्न आएको उनले बताए । विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याएकी हुन् । उद्घाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न अफर दिइएको बताइएको छ ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको मज्जा लिन पाइने बताइएको छ ।