
- चिरफार डटकम, विराटनगर २८२ पटक हेरिएको
बिहिबार, आषाढ १२, २०८२ समय : १५:५५:०८ , १ हप्ता अगाडि
असार १३ गते शुक्रबारदेखि मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
बुढीगंगा गाउँपालिकाका अधिकृत एवं गाउँ युवा परिषद्का सदस्य सचिव कृष्णप्रसाद भट्टराई र गाउँ युवा परिषद्का अध्यक्ष पुजेश कोइरालाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर बुढीगंगा गाउँपालिकाका ७ वडा ७ र विद्यालय स्तरीय १ गरी ८ टिमको सहभागिता रहने जानकारी गराए ।
असार १३, १४ १५ र १६ गते नकआउट चरणको खेल हुनेछ । असार १८ र १९ गते सेमिफाइनल र २१ गते फाइनल खेल हुने सदस्य सचिव भट्टराईले जानकारी गराए । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्नेछ ।
बुढीगंगा गाउँपालिकाको वडा नं. ६ स्थित सुक्चर खेल मैदानमा फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगिताको सेमी फाइनल खेल श्री कर्मविर माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ । १२ लाख रुपैयाँ खर्च गरेर आयोजना गर्न लागेको फुटबल प्रतियोगिताको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।