१ हजार ८ सय जना विद्यार्थीलाई तिहारको उपहार सामग्री वितरण

  • चिरफार डटकम, विराटनगर २४८  पटक हेरिएको

शुक्रबार, कार्तिक ०१, २०८२ समय : १६:५९:४७ , २ दिन अगाडि

नेपालीहरूको महान चार्ड तिहारको अवसरमा शुक्रबार १ हजार ८ सय जना विद्यार्थीलाई उपहार सामग्री वितरण गरिएको छ ।

राउण्ड टेबल नेपालले विराटनगर महानगरपालिका सहित स्थानीय पालिकामा रहेका ८ वटा विद्यालयमा अध्ययनरत १ हजार ८ सय जना विद्यार्थीलाई तिहारको लागि चाहिने आवश्यक उपहार सामग्री वितरण गरेका हुन् ।

स्कुलमा  अध्ययनरत विद्यार्थीहरूमा खुसी र उमंग फैलाउने उद्देश्यका साथ तिहारको लागि उपहार सामग्री वितरण गरिएको राउण्ड टेबल नेपालले जानकारी गराएको छ ।

राउण्ड टेबल नेपालमा ५ क्लब रहेका छन् । र तिहारको उपहार सामग्री वितरण कार्यक्रममा सबै टेबलका पदाधिकारी सहभागी रहेका थिए ।

राउण्ड टेबल नेपालका पदाधिकारीहरूले विद्यार्थीहरूलाई दियोको सेट, बत्ती, तेल, मिठाई र विभिन्न प्रकारको खाजा सामग्री समावेश गरिएको गुड्डी ब्याग वितरण गरेका थिए ।