आन्तरिक राजश्व कार्यालय विराटनगरद्वारा १ सय ६ प्रतिशतले आयकर असुली

  • चिरफार डटकम, विराटनगर ९१  पटक हेरिएको

शुक्रबार, साउन ०१, २०८३ समय : १५:४५:१० , १ घन्टा अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा कर असुलीमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को असार महिनामा १ सय ६ प्रतिशतले आयकर असुली गरेको छ ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले आर्थिक वर्ष २०८२/०८३ को असार महिनामा ९४ करोड रुपैयाँ आयकर असुली गर्नुपर्ने लक्ष्य पाएकोमा १ अर्ब रुपैयाँ राजश्व असुली भएको बताए ।

जुन लक्ष्यको तुलनामा १ सय ६ प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को असार महिनामा १ अर्ब ८३ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा १ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुली भएको प्रमुख कर अधिकृत उप्रेतीले बताए ।

जुन लक्ष्यको तुलनामा ९०.४५ प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा १२ अर्ब १० करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा १० अर्ब ३० करोड रुपैयाँ राजश्व असुली भएको प्रमुख कर अधिकृत उप्रेतीले बताए ।

जुन लक्ष्यको तुलनामा ८५.१५ प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ९ अर्ब ६१ करोड  रुपैयाँ राजश्व असुली गरेको थियो । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा ७.१८ प्रतिशतले राजश्व असुलीमा वृद्धि गरेको छ ।