- ब्रह्मदेव यादव, विराटनगर २२४ पटक हेरिएको
बुधबार, कार्तिक १२, २०८२ समय : १५:०१:५२ , १० घन्टा अगाडि
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) स्थायी कमिटि सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले मबाटै सम्पत्ति छानबिनको सुरुवात हुनु पर्ने धारणा व्यक्त गरेका छन् ।
२०४६ सालको जनआन्दोलन पछि लाभको पदमा बसेका नेकपा एमालेका नेताहरूको सम्पत्ति छानबिन हुनु पर्ने आवाज उठिरहेको बेला बुधबार विराटनगरमा सञ्चारकर्मीहरू सँग कुरा गर्दै राईले सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताए ।
प्रेस चौतारी नेपाल मोरङले विराटनगर स्थित मोरङ जिल्ला पार्टी कार्यालयको आगजनी भएको भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले भने– एमाले पार्टी र पार्टीका नेताहरू भ्रष्ट रहेको उनीहरूको अथाह सम्पत्ति रहेको आरोप लागि रहेको बेला राईले २०४६ सालपछि लाभको पदमा बसेका पार्टीका सबै नेताहरूको सम्पत्ति छानबिन हुनु पर्ने र सम्पत्ति छानबिनको सुरुवात आफूबाटै हुनु पर्ने बताए ।
पत्रकार सम्मेलनमा राई थपे म तीन पटक सांसद भएको हुँ । एक पटक केन्द्रीय सरकारमा मन्त्री भएको हुँ र साढे ३ वर्ष कोशी प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा बसेको हुँ । एमालेका जति नेताहरू लाभको पदमा बसेका छन् सबैको सम्पत्ति छानबिन हुनु पर्छ । र म पनि लाभको पदमा बसेकोले मेरो पनि सम्पत्ति छानबिन हुनु पर्छ र सम्पत्ति छानबिनका लागि आफू तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा चिरफार डटकमद्वारा सोधिएको एक प्रश्नको जवाफ दिर्दै राईले भने– म पहिलो पटक सांसदमा चुनाव लड्दा निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र हाल कायम रहेको सम्पत्ति विवरणमा के भिन्नता छ । यसको सत्यतथ्य बाहिर ल्याउन सञ्चारकर्मीलाई आग्रह गरे ।