राजकुमार रौनियार
- चिरफार डटकम, विराटनगर ३८६ पटक हेरिएको
बिहिबार, मंसिर ०४, २०८२ समय : १४:४४:०८ , ६ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयले राजश्व चुहावट कार्यमा संलग्न भन्सार एजेन्ट कृष्ण थापा र उनका प्रतिनिधि राजकुमार रौनियार माथि अनुसन्धान सुरु गरेको छ ।
विराटनगर भन्सार कार्यालयले एजेन्ट थापा र उनका प्रतिनिधि रौनियार राजश्व चुहावट कार्यमा संलग्न रहेको प्रमाण फेला परेकोले दुवै जनालाई कानुनी दायरामा ल्याउने गरी अनुसन्धान सुरु गरिएको जानकारी गराएको छ ।
भन्सार प्रतिनिधि राजकुमार रौनियारले चिनको कस्मेटिक सामानलाई भारतको सामान भन्दै झुक्याएर विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्र्याउन खोजेपछि विराटनगर भन्सार कार्यालयले रौनियारको कस्मेटिक सामानलाई नियन्त्रणमा लिएको छ ।
रौनियारले चिनको कस्मेटिक सामानलाई भारतीय सामान भन्दै मोटो रकम राजश्व छली गर्न गरेको प्रयास असल भएको छ । भन्सार कार्यालयका अधिकृत र जाँचकीले रौनियारको सामान जाँच गर्दा उनले बोल कबोल गरेको भारतको कस्मेटिक सामान चिनको रहेको खुलासा भएको थियो ।
यही विषयलाई लिएर विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट थापा र उनका प्रतिनिधि रौनियार माथि अनुसन्धान सुरु गरिएको जानकारी गराएको छ ।
भन्सार प्रतिनिधि रौनियारले जाँच पास गराउन खोजेको सामान सहितको गाडी विराटनगर भन्सार कार्यालयको नियन्त्रणमा रहेको छ ।